
काठमाडौं ।
विद्युतीय सवारीमा लाग्ने ब्याट्री स्टार्टअप ब्रिटिशभोल्टले बेलायती सरकारको सहयोग रहेको अनुसन्धान संस्थासँग साझेदारी गरेको छ।
कामपनीले सोमबार आफूले बृहत् उत्पादनमा जान तयारी गर्दै गर्दा उच्च निकेल तथा अझ थप उर्जा घनत्व लिनसक्ने पदार्थयुक्त ईभी ब्याट्री डेभलप गर्न उक्त संस्थासँग सम्झोतामा हस्ताक्षर गरेको बताएको हो।
आउने दशकमा विद्युतीय सवारी मूलधारमा आउँदा निकेलको माग अत्यधिक बढ्ने अपेक्षा गरिएको छ। निकेलले ब्याट्रीको क्याथोडमा उर्जा संग्रहलाई अझ मजबुत पार्दछ जसका कारण ईभीको रेन्ज अझ बढ्न जान्छ।
अटो उद्योग ईभीको रेन्ज बढाउन उर्जा-घनत्व मजबुत ब्याट्री बनाउनका लागि अनुसन्धानमा ठूलो लगानीसहित लागिपरिरहेको छ।
ब्रिटिशभोल्टले हालै यूके ब्याट्री इन्डस्ट्रियलाइजेशन सेन्टर (यूकेबीआईसी)सँग २ वर्षका लागि करोडाैं पाउण्डको सम्झाैता गरेको बताएको हो।
सम्झाैता अनुसार कम्पनीले बृहत् उत्पादन तथा व्यापारका लागि आफ्नो नेक्स्ट जेनेरेशन नमूना ब्याट्री सेल एसेम्बल गर्न पाउनेछ।
यूकेबीआईसी सरकारको आर्थिक सहयोगमा खुलेको कम्पनी हो जसको उद्देश्य नयाँ ब्याट्री प्रविधि ल्याएर बेलायती कार उद्योगलाई सहयोग गर्नु हो।
रोयटर्सका अनुसार ब्रिटिशभोल्टको ब्लाइथमा रहेको ३० गिगावाट आवरको प्लान्टबाट सन् २०२३ सम्ममा उत्पादन शुरु भइसक्ने अपेक्षा गरिएको छ।
कम्पनीले यसलाई तीन ओटा चरणमा निर्माण गर्ने सन् २०२७ मा उत्पादन उक्तर्षमा पुगेपछि वार्षिक ३ लाख सवारीका लागि आवश्यक ब्याट्री बनाउन सक्ने आकलन गरिएको छ।
प्रकाशित: १० माघ २०७८, सोमबार