क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार गर्ने तीन जना पक्राउ

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौं ।

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्बत जिल्लाको फलेबास ११ घर भइ हाल पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी महानगरपालिका ४ को २५ वर्षीय श्रेष्ठ तथा काठमाण्डाैं ११ थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यी तीनजनाले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन, आदेश विपरीत क्रिप्टोकरेन्सी बिटक्वाइनबाट वित्तीय कारोबार गर्ने गरेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

सूचना प्राप्त भएपछि  महाशाखाबाट विशेष टोली परिचालन गरिएकोमा  टोलीले गत माघ ६ गते बिहीबार दिउँसो काठमाण्डौको मिनभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको छ।

पक्राउ परेका व्यक्तिहरुमध्ये राजन भट्टराईले हालसम्म ९७५ जनासँग १, ९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार रुपैयाँ कारोबार गरेको पाइएको छ।

यसबाहेक सँगै पक्राउ परेका अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको प्रहरीले जनाएको छ।

नेपालमा क्रिप्टोकरेन्सीमार्फत् गरिने सबै प्रकारका कारोबार अवैध र प्रतिबन्धित छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार