प्रधानमन्त्रीको देशबासीलाई सम्बोधन: ६ महिनामा थप ३१ तहमा फोरजी सेवाको बिस्तार

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
प्रधानमन्त्रीको देशबासीलाई सम्बोधन: ६ महिनामा थप ३१ तहमा फोरजी सेवाको बिस्तार

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले गरेका कार्यहरुको प्रगति बिबरण सार्वजनिक गरेका छन्। जसमा सूचना प्रविधिसँग सम्बन्धित विषयहरु समेत समावेश रहेका छन्।

प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै देशभर ३ सय ३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएको र ७९ किलोमिटर ब्रोडब्याण्ड बिस्तार भएको जानकारी दिएका हुन्।

उनले आफ्नो सरकारको कार्यकालमा शुरु भएको ई-पासपोर्ट हालसम्म २२ हजार जनाले पाएको र १ लाख ३० हजार भन्दा धेरै सवारी साधनहरुमा इम्बोस्ड नम्बर राखिएको जानकारी दिए। यसका साथै थप १० लाख नागरिकले राष्ट्रिय परिचय पत्रमा लेखांकन गरिएको छ।

प्रधानमन्त्रीको सम्बोधनअनुसार थप ३१ तहमा फोरजी सेवाको बिस्तार गर्दै नेपाल टेलिकमले कुल ७ सय १६ स्थानीय तहमा फोरजी सेवा बिस्तार गरेको छ। यसका साथै ६० वटा शहरहरुमा एफटीटीएच सेवा बिस्तार भएको छ।

सरकारले सो अवधिमा थप २४ सरकारी सेवा नागरिक एपमा जोड्न सफल भएको छ भने २५ ओटा स्थानीय तहहरुमा थप ब्रोडब्याण्ड बिस्तार गरिएको छ।

यसका साथै अनलाइन प्रविधिमार्फत जग्गा कारोबार गर्न ७६ वटा मालपोत कार्यालयमा प्रणाली जडान गरिएको प्रधानमन्त्री देउवाले बताए।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार