मेइजुको स्वामित्व ग्रहण गरेर स्मार्टफोन व्यवसायमा हात हाल्दै अटो कम्पनी गीली

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
मेइजुको स्वामित्व ग्रहण गरेर स्मार्टफोन व्यवसायमा हात हाल्दै अटो कम्पनी गीली

काठमाडौं ।

चिनियाँ अटोमोटिभ कम्पनी गीलीले पनि अब स्मार्टफोन व्यवसायमा हात हाल्ने भएको छ।

लोटस भोल्भो तथा पोलस्टार जस्ता ब्राण्ड भएको उक्त कम्पनीले हालै चिनियाँ स्मार्टफोन ब्रान्ड मेइजु खरिद गर्ने योजनामा रहेको बताइएको छ।

हालै ३६क्रिप्टन नामक चिनियाँ वेबसाइटमा आएको रिपोर्ट अनुसार गीलीले २० वर्षदेखि बजारमा रहेको मेइजुको स्वामित्व ग्रहण गर्ने भएको हो। यो सम्झोता भएपछि गीलीले अर्को वर्ष आफ्नो स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले केही समयदेखि स्मार्टफोन व्यवसायमा हात हाल्न खोजेको र यसका लागि शिंङ्जी टाइम्स नामक इकाइ पनि स्थापना गरिसकेको छ।

यसबाहेक यसका लागि जेडटीई, शाओमी तथा ओपोबाट केही मुख्य कार्यकारीहरुलाई समेत तानेको छ।

गीलीले यसका लागि मेइजुको स्वामित्व खरिदका लागि लाग्ने खर्चबाहेक डेढ अर्ब डलर लगानी गरिसकेको बुझिएको छ।

उक्त वेबसाइटमा गीली होल्डिङ्सका अध्यक्ष ली शुफुलाई उद्धृत गर्दै मोबाइल फोन सफ्टवेयर इनोभेशनको वाहक भएको र यसले यूजरलाई भरपर्दो प्रविधि तत्काल अनुभव गर्न सघाउने भएकाले आफूले पनि यता हात हालेको उल्लेख गरिएको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India hosts AI summit as safety concerns grow

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार