
काठमाडौं ।
डिश होमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।
गण्डकी अञ्चलमा डिश होम, डिश होम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखराका दिप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङ्गजा जिल्लाका रन्जना फेन्सी, लुद्र मान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्सलाई उपहारस्वरुप एक एक थान ल्यापटप, साथै बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंसा पत्र सहित सम्मान गरे।
उक्त कार्यक्रममा गोर्खा, लम्जुङ्ग, स्यांग्जा, तनहुँ र कास्कीका डिस्ट्रिब्युटर , डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको कम्पनीले उल्लेख गरेको छ।
डिश होम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको जानकारी दिएको छ।
डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निशुल्क इन्टरनेट सुबिधा देखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ। डिश होम फाइबरनेट प्रति दैनिक ग्राहकको आकर्षण साथै विश्वास बढिरहेको कुरा प्रदिप सुबेदीले जानकारी गराए।
प्रकाशित: ६ माघ २०७८, बिहीबार