एप्पलद्वारा आईओएस १५.२.१ र आईप्याडओएस १५.२.१ सार्वजनिक

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
एप्पलद्वारा आईओएस १५.२.१ र आईप्याडओएस १५.२.१ सार्वजनिक

काठमाडौं ।

एप्पलले आज आफ्ना मोबाइल डिभाइसहरुका लागि आईओएस १५.२.१ र आईप्याडओएस १५.२.१ सार्वजनिक गरेको छ।

यो यसअघिको भर्सनमा सामान्य परिवर्तनसहित ल्याइएको र यसमार्फत् यसअघिको भर्सनमा रहेका विभिन्न समस्याहरु समाधान हुने बताइएको छ।

यसको समग्र साइज ९७० एमबी रहेको छ भने यसको सानो चेन्जलगका हिसाबले यो साइज निकै ठूलो हो।

यो अपडेट बग फिक्सलाई ध्यानमा राखेर ल्याइएकाले आईक्लाउड लिंक प्रयोग गरेर  मेसेजमा सेन्ड गरिएको फोटो लोड नहुने तथा तेस्रो पक्षका कारप्ले एपहरुले पनि रेस्पोन्स नगर्ने समस्याको समाधानमा केन्द्रित हुने बताइएको छ।

एप्पलले यो अपडेटमा यिनै कुराहरुलाई समावेश गरेको छ। यसमा उल्लेख गरिएको दोस्रो बगले कारप्ले प्रयोग गर्नेहरुका लागि ठूलो समस्या हुने र यसबारेमा अनलाइन फोरमहरुमा यसअघि पनि निकै चर्चा हुँदै आएको छ।

मेसेज बग पनि झर्को लाग्ने खालको भएकाले सकेसम्म छिटो यो अपडेट गर्नु उपयुक्त देखिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

सधैं झैं यो अपडेट सपोर्ट गर्ने सबै आईफोन तथा आईप्याडहरुमा सेटिङ्स अन्तर्गत नै आउनुपर्ने भएकाले अशिलेसम्म यूजरहरुले नोटिफिकेशन पाइसकेको हुनुपर्ने समाचारमा उल्लेख छ।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...