
काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग सेवा आज बेलुका बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरीरहेको ईबीएल टच २४ मोबाइल बैंकिङ्ग सेवा आज बेलुका ८ बजेदेखि राती १२ बजेसम्मका लागि बन्द हुने भएको हो।
बैंकले ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित थप सुबिधा प्रदान गर्ने उद्देश्यले सो एपलाई अपग्रेड गर्ने भएको छ।
ग्राहकहरुलाई थप सुबिधा दिनका लागि बैंकले अब आफ्नो मोबाइल सेवालाई ओम्नी च्यानल प्रणालीमा लैजान लागेको हुँदा साे अवधिमा सेवा अबरुद्ध हुने जनाएको छ।
प्रकाशित: १३ पुष २०७८, मंगलवार