एएमडीले ग्लोबलफाउन्ड्रीसँग २.१ अर्ब डलर मूल्यको वेफर खरीद गर्ने

  • Technology Khabar | १० पुष २०७८, शनिबार
एएमडीले ग्लोबलफाउन्ड्रीसँग २.१ अर्ब डलर मूल्यको वेफर खरीद गर्ने

काठमाडौं ।

चिप फर्म एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) ले २०२२ देखि २०२५ सम्मको बिचमा ग्लोबलफाउन्ड्रीबाट २.१ अर्ब डलर मूल्य बराबरको सिलिकन वेफर्स प्राप्त गर्ने भएको छ। बिहीबार नियामक फाइलिङ अनुसार दुबै कम्पनीहरुले त्यसमा सहमति गरेका रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा मेमा गरेको फाइलिङ अनुसार एएमडीले २०२२ र २०२४ को बीचमा १.६ अर्ब डलर मूल्यको चिपहरू किन्न सहमत भएको थियो। वेफर्स सिलिकनको ठूलो डिस्क हो जसमा आधारित रहेर कम्प्युटर चिपहरू बनाइन्छ।

पछिल्लो समयमा विश्वभर चिपसेटको अभाव देखिएको छ । जसले गाडी उत्पादनका साथसाथै अन्य इलेक्ट्रोनिक्स डिभाइसहरुको बजार समेत प्रभावित भएको छ । यसले चिपसेट होल्ड गर्ने वा भविश्यका लागि सुनिश्चित गर्नुपर्ने अवस्था आएको छ भने मूल्य समेत बढाएको छ।

जब एएमडीले सन् २००९ मा यसको चिप कारखाना सञ्चालनहरू बन्द गर्यो त्यसबेला ग्लोबलफाउन्ड्री सिर्जना गरिएको थियो र त्यसपछि एएमडीलाई आपूर्ति गरिरहेको छ। यद्यपि, २०१८ मा ग्लोबलफाउन्ड्रीले ‘अग्रणी एज चिपमेकिङ्ग टेक्नोलोजीज’ पछ्याउन छोड्ने निर्णय गर्यो।

त्यसबेलादेखि, एएमडीले आफ्नो कम्प्युटर प्रोसेसरको सबैभन्दा महत्वपूर्ण भागहरू “चिपसेट” को आपूर्ति गर्न ताइवान सेमीकन्डक्टर उत्पादन कम्पनीमा फर्केको छ। यद्यपि टीएसएमसी यसको प्राथमिक आपूर्तिकर्ता भएको छ, तर एएमडी अझै पनि यसको चिपहरूका केही कम्पोनेन्टहरूका लागि ग्लोबलफाउन्ड्रीमा निर्भर गर्दछ।

प्रकाशित: १० पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...