सप्लायरहरुद्वारा मिनी एलईडी डिस्प्लेबिनाको २७ इन्च आईम्याकको बिक्री शुरु

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
सप्लायरहरुद्वारा मिनी एलईडी डिस्प्लेबिनाको २७ इन्च आईम्याकको बिक्री शुरु

काठमाडौं ।

सप्लायरहरुले अर्को वर्ष सार्वजनिक हुने तयारीमा रहेको २७ इन्च आईम्याक सानो परिमाणमा बिक्री गर्न शुरु गरेका छन्। उद्योग स्रोतहरुका अनुसार यी बिक्री गरिएका डिभाइसहरुमा मिनीएलईडी भने हुने छैनन्।

स्रोतका अनुसार २४ इन्चको आईम्याकको सीपीयूमा यसै वर्ष मुख्य अपडेट आएदेखि नै अब आउने २७ इन्च आईम्याकमा मिनीएलईडी डिस्प्ले आउने चर्चा चल्दै आएको थियो।

तर डिसेम्बरमा शिपमेन्ट भएका २७ इन्चका डिभाइसमा भने यसअघिकै परम्परागत एलसीडी प्यानल प्रयोग गरिएको छ।

यो २७ इन्चको आईम्याक सन् २०२२ को वसन्त ऋतुमा सार्वजनिक हुने बुझिएको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार