गुगल सर्चमा क्रिप्टोलाई उछिन्दै पहिलो पटक एनएफटी अगाडि

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
गुगल सर्चमा क्रिप्टोलाई उछिन्दै पहिलो पटक एनएफटी अगाडि

काठमाडौं ।

विश्वभरबाट गुगल सर्चमा सबैभन्दा बढी रुची लिइएको शब्द पहिलो पटक क्रिप्टोबाट एनएफटी बनेको छ।

हालै गुगल ट्रेन्ड्सको प्रतिवेदन अनुसार यो वर्षभरी निकै चर्चामा रहेको नन फंगिबल टोकन अर्थात् एनएफटी गुगल सर्चमा सर्वाधिक खोजिएको शब्दहरुमा पहिलो पटक क्रिप्टोलाई उछिन्न सफल भएको हो।

क्रिप्टो बजारमा केही हप्तायता निकै ठूलो परिमाणमा कारोबार भइरहँदा ओपनसीजस्ता बजारमा एनएफटीको बिक्री निकै चुलिएको छ।

यसबाहेक मूलधारका ब्रान्डहरुले पनि मेटाभर्स प्लेटफर्ममा प्रवेश गर्ने क्रम चलिरहेका बेला एनएफटीप्रति उपभोक्ताको चासो बढिरहेको र २०२२ सम्ममा यसको कारोबार अझै बढ्न सक्ने देखिएको छ।

क्वाइनटेलिग्राफको रिपोर्ट अनुसार यसप्रतिको चासो बढ्ने प्रसङ्ग ओपनसीको तथ्याङ्कसँग पनि मिल्न आएको देखिएको छ। ओपनसी विश्वभरीको बिक्री हुने एनएफटीको ठूलो हिस्सा नियन्त्रण गर्ने एनएफटी बजार हो।

नोभेम्बरसम्मको तथ्याङ्क अनुसार ओपनसीको बिक्री सन् २०२० को तुलनामा १४५०० प्रतिशतले बढेर १० अर्ब डलर बराबर भएको पाइएको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार