कोभिडको खतराका कारण अमेजनलगायत मुख्य प्रविधि कम्पनीले सीईएस रद्द गर्न सक्ने

  • Technology Khabar | ७ पुष २०७८, बुधबार

काठमाडौं ।

अमेजन इंक, फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंक, ट्विटर इंक तथा पिन्ट्रेस्ट इंकले यो वर्षको सीईएस इभेन्टमा आफ्नो टोली नपठाउने भएका छन्।

यो वर्ष अमेरिकाको लस भेगसमा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स शो सीईएसमा टोली पठाउन कोरोनाको ओमिक्रोन भेरियन्टको निकै चिन्ता रहेको यी संस्थाहरुको भनाइ छ।

प्रविधि उद्योगमा आएका नयाँ प्रवृत्ति तथा ग्याजेटहरुको प्रदर्शन गरेर यसअघि सीईएसले विश्वका ‍लाखो मानिसहरुको ध्यान खिच्न सफल भएको छ।

अमेजन तथा यसको स्मार्ट होम यूनिट रिङले  छिट्टै परिवर्तन भइरहेको अवस्था तथा ओमिक्रोन भेरियन्टको अनिश्चितताका कारण आफूहरु आगामी महिना हुने सीईएस इभेन्टमा सहभागी नहुने संस्थाका प्रवक्ताले जानकारी दिएङ्को रोयटर्सले उल्लेख गरेको छ।

ब्लूमबर्ग न्यूजले सबैभन्दा पहिले अमेजन र रिङले सीईएसमा भोतिक उपस्थिति नजनाउने बारे समाचार सम्प्रेषण गरेको थियो।

अमेरिकी वायरलेस क्यारियर तथा कन्फ्रेन्सको प्रायोजक टी मोबाइलले पनि आफ्ना कम्पनीका अधिकांश मानिसहरुले सीईएसमा भाग नलिने सीईओले कीनोट मन्तव्य पनि व्यक्त नगर्ने बताएको छ।

‘यो निर्णयमार्फत् हामी आफ्नो टोली तथा अन्य सहभागीको सुरक्षालाई मुख्य प्राथमिकता दिन्छो भन्ने सन्देश दिन चाहन्छो’, टी-मोबाइलले भनेको छ।

प्रकाशित: ७ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार