इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

  • Technology Khabar | ७ पुष २०७८, बुधबार
इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं ।

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन्।

यस सम्झौता अन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिंग केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिन सकिनेछ।

साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ।

यसैगरी, चाँडै नै राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीले यस बैंकको मोबाइल एप अर्थात ‘आरबिबि स्मार्ट’ प्रयोग गरेर देश तथाविदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सक्नेछन्। साथसाथै ग्राहकले मोबाइल एपबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स् सेवाप्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउन समेत सक्नेछन् ।

प्रकाशित: ७ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NCHL’s fifteenth AGM concludes

  • Technology Khabar
  • ७ पुष २०७८, बुधबार
Desktop Popup ImageMobile Popup Image×