आर्थिक समाचार

खल्तीमा आईफोन १३ अफरः रिचार्जमा १ जना भाग्यशालीलाई आईफोन १३

खल्तीमा आईफोन १३ अफरः रिचार्जमा १ जना भाग्यशालीलाई आईफोन १३
Global IME Bank

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि आइफोन जित्ने मौका ‘खल्तीमा आइफोन १३’ अफर ल्याएको छ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले खल्तीबाट ५० रूपैयाँको रिचार्ज गर्दा दैनिक १ जनाले १ लाख खल्ती पोइन्ट्स पाउन सक्नेछन् भने अफरको अन्त्यमा १ जना भाग्यशालीले आईफोन १३ जित्न सक्नेछन् ।

यो हफर डिसेम्बर ५ देखि जनवरी १४ सम्म लागु हुनेछ । प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिचर सर्भिसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र रू। ५० को रिचार्ज गर्नुपर्ने हुन्छ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । यस योजनामा सहभागी हुन् खल्तीमा केवाईसी भेरिफाइड गरेको हुनुपर्नेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपालका लागि प्रोत्साहित गर्नु रहेको बताए ।

खल्तीमा आइफोन १३ को विजेता घोसणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ।

Sajilo Visa
easy care