टाटा समूह दक्षिण भारतमा सेमीकन्डक्टर प्लान्ट स्थापना गर्न वार्तामा

  • Technology Khabar | ११ मंसिर २०७८, शनिबार
टाटा समूह दक्षिण भारतमा सेमीकन्डक्टर प्लान्ट स्थापना गर्न वार्तामा

काठमाडौं ।

टाटा समूहले भारतमा ३० करोड अमेरिकी डलर लगानीको सेमीकन्डक्टर प्लान्ट स्थापना गर्न वार्ता गरिरहेको छ विभिन्न स्रोतलाई उद्धृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।

समूहले दक्षिणी राज्य तमिलनाडु, कर्नाटक र तेलंगाना राज्यसँग कुरा गरिरहेको छ। यसले आउटसोर्स सेमीकन्डक्टर एसेम्बल एण्ड टेस्ट (OSAT) प्लान्टको लागि जग्गा पनि खोजिरहेको छ जसले फाउण्ड्रीमा बनेको सिलिकन वेफर्सलाई प्याकेज, एसेम्बल र परीक्षण गर्नेछ ।

टाटाले यसअघि नै सेमीकन्डक्टर व्यवसायमा प्रवेश गर्ने सम्भावना रहेको बताएको थियो।

एउटा आउटसोर्स सेमीकन्डक्टर एसेम्बल एण्ड टेस्ट प्लान्टले फाउन्ड्री-निर्मित सिलिकन वेफरहरूको प्याकेजेज, एसेम्बल र परीक्षण गर्दछ, तिनीहरूलाई अन्तिम सेमीकण्डक्टर (अर्धचालक) चिपहरूमा परिणत गर्दछ।

टाटा समूहसँग भारतमा ससक्त सफ्टवेयर कम्पनीको नेटवर्क छ भने अब हार्डवेयर क्षेत्रमा प्रवेश गर्न चाहेको बताईएको छ।

प्रकाशित: ११ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार