फ्रान्सको टेलिकम अपरेटर ओरेन्जले नयाँ अध्यक्ष तथा सीईओ खोज्ने

  • Technology Khabar | ११ मंसिर २०७८, शनिबार
फ्रान्सको टेलिकम अपरेटर ओरेन्जले नयाँ अध्यक्ष तथा सीईओ खोज्ने

काठमाडौं ।

फ्रान्सको सबैभन्दा ठूलो टेलिकम अपरेटर ओरेन्जले यसको अध्यक्ष तथा सीईओ स्टेफन रिचर्डको उत्तराधिकारी खोजी गर्ने जनाएको छ। पेरिसको एक पुनरावेदन अदालतले ओरेन्जका सिईओले सार्वजनिक कोषको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरेपछि जनवरी ३१ सम्ममा नयाँ सिईओ ल्याउने बताएको हो।

रिचर्डको सजाय भूतपूर्व उच्च पदमा रहेका निजामती कर्मचारीका लागि ठूलो झटका हो, जसले सधैं कुनै पनि कामलाई गलत गरेको भनेर अस्वीकार गर्दै आएका छन्। अदालतको फैसलाले उनलाई एक वर्षको निलम्बित जेल सजाय सुनाएको थियो र उनले विगत ११ वर्षदेखि नेतृत्व गरेको समूहबाट उनको प्रस्थानलाई अघि बढाएको छ।

कम्पनीका निर्देशकहरुको बोर्ड बैठकले रिचर्डको राजीनामा स्वीकृत गरेको बताईएको छ।

“कम्पनीले प्रतिस्थापनको लागि पात्र खोज्दै गर्दा उनी अन्तरिम आधारमा कार्यालयमा रहनेछन्,” कम्पनीले भन्यो।

अब यो समूहले अध्यक्ष र सीईओको भूमिका अलग गर्न चाहेको हो कि भनेर स्पष्ट भएको छैन।

यसअघि बुधबार, रिचर्डले ५०,००० यूरो जरिवाना पाएका थिए तर ठगीको संलग्नताको आरोपबाट मुक्त भएका थिए।

यो मुद्दा सन् २००८ मा स्वर्गीय टाइकुन बर्नार्ड टेपीलाई ४०० मिलियन युरो  फ्रान्सेली राज्यद्वारा गरिएको भुक्तानीसँग सम्बन्धित छ। सन् १९९२ मा खेलकुद समूह एडिडासको आफ्नो हिस्सेदारी राज्य-समर्थित बैंकलाई बेच्दा सरकारले आफूलाई धोका दिएको टापीले आरोप लगाएका थिए।

२००८ मा गरिएको समझदारीको समयमा, रिचर्ड तत्कालीन फ्रान्सेली वित्त मन्त्री क्रिस्टिन लागार्डका प्रमुख कर्मचारी थिए, जो अहिले युरोपेली केन्द्रीय बैंककी अध्यक्ष छन्,। गल्ती अस्वीकार गरेकी लागार्डलाई डिसेम्बर २०१६ मा सो विषयमा लापरवाही गरेको आरोपमा दोषी ठहर गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार