
काठमाडौं ।
यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ।
सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए।
स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।
कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ।
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार