गाँजा खेती फँडानीमा ड्रोनको प्रयोग

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
गाँजा खेती फँडानीमा ड्रोनको प्रयोग
सांकेतिक

काठमाडौं ।

नेपाल प्रहरीले मकवानपुरमा लगाइएको गाँजा खेती फँडानीमा ड्रोन प्रयोग गरेको छ।

गाँजा खेती गरिएको स्थानको खोजी तथा पहिचानका लागि प्रहरीले ड्रोनको सहायता लिएको हो ।

गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडासहितको संयुक्त टोलीले मकवानपुरको कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाएको गाँजा खेती नष्ट गरेको हो।गोरखापत्र

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...