टेन्सेन्टद्वारा तीन नयाँ सेमिकन्डक्टर चिप सार्वजनिक

  • Technology Khabar | १८ कार्तिक २०७८, बिहीबार
टेन्सेन्टद्वारा तीन नयाँ सेमिकन्डक्टर चिप सार्वजनिक

काठमाडौं ।

चिनियाँ इन्टरनेट जायन्ट टेन्सेन्टले बुधबार आफूले विकास गरेका तीन नयाँ सेमिकन्डक्टर चिप सार्वजनिक गरेको छ। कम्पनीले सेमिकन्डक्टर क्षेत्रमा कदम राखेको पहिलोपटक सार्वजनिक रुपमा घोषणा गरेको हो।

कम्पनीको यो घोषणा देशको प्रविधि क्षेत्रलाई रणनीतिक प्राथमिकता दिँदै आन्तरिक चिप निर्माणको कामलाई बढावा दिने चीनको नीति अनुरुप आएको बुझिएको छ।

विश्वकै ठूला गेमिङ कम्पनीहरमध्ये एक टेन्सेन्ट चीनको लोकप्रिय मेसेजिङ सेवा विच्याटको सञ्चालका संस्था हो। यसले आफ्ना सेवामा विविधीकरण गर्नका लागि चिप तथा क्लाउड कम्प्युटिङका क्षेत्रमा लगानी गरिरहेको छ।

सार्वजनिक भएकामध्ये एउटा सेमिकन्डक्टर आर्टिफिसियल इन्टेलजेन्ससँग सम्बन्धित रहेको छ र यसलाई झिशिआओ नाम दिइएको छ।

उक्त चिपले फोटो, भिडियो  तथा प्राकृतिक भाषा प्रोसेस गर्न सक्ने र यसलाई एआई भ्वाइस असिस्टेन्टमा प्रयोग गर्न सकिने बताइएको छ।

दोस्रो चिप भिडियो ट्रान्सकोडिङका लागि उपयुक्त हुने र यस्ता चिपहरु कुनै पनि भिडियोलाई अन्य थुप्रै फर्म्याटमा ढाल्नका लागि प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ।

यसै क्रममा आएको तेस्रो चिपलाई नेटवर्क कार्डको नाम दिइएको र यसले कम्प्युटिङ प्रोसेसलाई सघाउने बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार