क्लासिक टेकको आउटलेट अब पोखराको लेखनाथमा

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
क्लासिक टेकको आउटलेट अब पोखराको लेखनाथमा

काठमाडौं ।

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ।

कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो।

कम्पनीले लेखनाथ आसपासका ठाउँहरुमा सेवा सुबिधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको हो। क्लासिक टेकले कोरोना महामारीको समय अनि लकडाउनपछिको छोटो समयमै  तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको छ।

आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिंग स्टाफ राखिएको छ। कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो।

सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ। कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु पनि दिँदै आईरहेको छ।

अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिने उद्धेश्यले पोखराको लेखनाथमा आउटलेट विस्तार गरेको हो।

कम्पनीले तूफान अफर अन्तरगत ५० एमबिपिएस स्पीडको इन्टरनेट केबल ११५४ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ, जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १६ कार्तिक २०७८, मंगलवार