जिमेल प्रयोगकर्ताहरुका लागी नयाँ सुविधाहरु थपिए, ईमेल लेख्न र पठाउन थप सहज बनाउने

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
जिमेल प्रयोगकर्ताहरुका लागी नयाँ सुविधाहरु थपिए, ईमेल लेख्न र पठाउन थप सहज बनाउने

काठमाडौं ।

गुगलले आफ्ना जिमेल प्रयोगकर्ताहरुका लागी केहि नयाँ सुविधाहरु ल्याउँदैछ। कम्पनी वेबको लागी जिमेलमा टु (To), सीसी (Cc), र बीसीसी (Bcc) मा भिजुअल अपडेट र सुधार ल्याईरहेको छ।

यी नयाँ परिवर्तनहरूले प्रयोगकर्ताहरुलाई पहिले भन्दा ईमेल लेख्न सजिलो बनाउने कम्पनीले बताएको छ।

प्रयोगकर्ताहरुलाई सीसी, र बीसीसी क्षेत्रहरुको उपयोग गर्दा एक नयाँ ‘राइट-क्लिक’ मेनू प्राप्त हुनेछ। यसमा क्लिक गरेर, प्रयोगकर्ताहरुले ईमेल प्राप्तकर्ताहरुको पूरा नाम र ईमेल देख्नेछन्।

यहिँ नै कन्ट्याक्टलाई सम्पादन गर्न सकिन्छ र ईमेल ठेगानाको प्रतिलिपि गर्न सकिन्छ। यो मात्र नभइ प्रयोगकर्ताहरुले यसलाई खोलेर प्राप्तकर्ताको जानकारी कार्ड हेर्न सक्षम हुनेछन्।

हालै गुगलले आफ्नो एक ब्लगमा यो नयाँ फिचरको घोषणा गरेको छ।

अवतार चिप्स र इन्डिकेटर

अब तपाइँले आफ्नो संगठन बाहिरका प्रयोगकर्ताहरु वा सम्पर्कहरुलाई जोड्दा अवतार चिप्स र संकेतकहरु देख्न सक्षम हुनुहुनेछ। कम्पनीले पहिले नै राम्रो भिजुअल इन्डिकेटरहरु जोडेको छ जसले प्रयोगकर्तालाई ईमेल कम्पोज गर्दा यी इन्डिकेटरहरुले मार्गदर्शन गर्न सक्नेछन्।

त्यहाँ अब प्रत्येक प्राप्तकर्ताको लागी एक अवतार चिप हुनेछ, जसले तपाइँलाई इमेलमा क कसलाई जोड्नुभएको छ भनेर जानकारी दिनेछ। यदि तपाइँको संस्था बाहिरको कोहि तपाइँको प्राप्तकर्ता (Recipient) सूचीमा छ भने उसलाई सजिलै चिन्न सकिनेछ।

ती सबै बाह्य सम्पर्कहरु जसको साथ तपाइँले पहिले पनि ईमेल आदान प्रदान गर्नुभएको थियो तिनीहरुलाई गाढा पहेंलो रंगमा देखाइनेछ।

सही ढाँचामा ईमेल टाइप गर्न मद्दत गर्ने

यसका साथै तपाइँले टाइप गर्नुभएको ईमेल ठेगाना सहि हो वा गलत हो भनेर पनि अब गुगलले अब बताउनेछ। यदि सो ठेगाना गलत छ भने तपाइँको प्राप्तकर्ता चिप्समा प्रविष्ट गरिने छैन। यदि तपाइँले कुनै ईमेल ठेगाना टाइप गर्दा गल्ती गर्नुभएको छ भने तपाइँले ईमेल पठाउनु अघि नै एक त्रुटि सन्देश देख्नुहुनेछ।

गुगलले जिमेलको यो सुविधा आफ्नो वेब प्रयोगकर्ताहरुको लागी रोल आउट गर्न शुरू गरेको छ। यो सबै गुगल वर्कप्लेस, जि सुइट बेसिक र बिजनेस ग्राहकहरुको लागी जारी गरिनेछ।

तर व्यक्तिगत गुगल खाता भएकाहरुले यो नयाँ सुविधाको उपयोग गर्न सक्षम नहुने कम्पनीले बताएको छ ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...