दक्षिण कोरियाको पहिलो स्वदेशी रकेट ‘नुरी’को सफल प्रक्षेपण

  • Technology Khabar | ४ कार्तिक २०७८, बिहीबार
दक्षिण कोरियाको पहिलो स्वदेशी रकेट ‘नुरी’को सफल प्रक्षेपण

काठमाडौं ।

दक्षिण कोरियाले अन्तरिक्षमा देशको महत्वाकांक्षालाई बढाउँदै आफ्नो पहिलो स्वदेशी रकेट प्रक्षेपण गरेको छ।

कोरियन स्याटेलाइट भेहिकल टू, ‘नुरी’को नामबाट परिचित छ। जुन रकेट कोरियाको राजधानी सियोलको लगभग ५०० किमी दक्षिणमा रहेको गोह्यूङ्गबाट उडेको हो।

राष्ट्रपति मुन जे-इनले सो भेहिकललले आफ्नो पूर्ण उडान क्रम पूरा गरेको तर कक्षमा एक डमी स्याटेलाइट राख्ने लक्ष्यमा असफल भएको बताए।

यस्तो प्रक्षेपण एक अन्तरिक्ष कार्यक्रमको लागी आवश्यक छ तर सम्भवतः सैन्य एप्लिकेसनहरु हुनसक्छ।

भर्खरै नयाँ हतियारको परीक्षणका साथ दक्षिण कोरिया उत्तर कोरियासँग हतियारको दौडमा छ। उत्तर कोरियाले २०१२ मा नै एक स्याटेलाइट कक्षमा राखेको थियो।

नुरी भेहिकल विकासको लागी दक्षिण कोरियाले अनुमानित २ ट्रिलियन वोन लगानी गरेको छ। यो २०० टन तौल र ४७.२ मिटर लामो छ जसमा ६ वटा तरल ईन्धन इन्जिन राखिएको छ।

कोरिया एयरोस्पेस रिसर्च इन्स्टिच्युट (कारी) का अनुसार यो प्रक्षेपणको सुपरिवेक्षण गर्दै २०२७ सम्म दक्षिण कोरियाले नुरीको थप चार प्रक्षेपण गर्ने योजना बनाएको छ।

दक्षिण कोरिया एक टेक्नोलोजिकल पावरहाउसको रूपमा देखिएको भएता पनि अन्तरिक्ष अन्वेषणको लागी यसको विकास क्रम अन्य देशहरु भन्दा पछाडि परेको छ।

सियोल द्वारा २००९ र २०१० मा एउटा रकेट प्रक्षेपण गर्ने पहिलेको प्रयास असफल भएको थियो।

दक्षिण कोरियाले सन् २०३० सम्म चन्द्रमामा एउटा यान पठाउने लक्ष्य लिएको छ।

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...