युट्युबबाट गरिने आम्दानीमा अब १ प्रतिशत अग्रिम कर तिर्नुपर्ने

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
युट्युबबाट गरिने आम्दानीमा अब १ प्रतिशत अग्रिम कर तिर्नुपर्ने

काठमाडौं ।

युट्युबलगायतका सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्ने व्यक्तिहरुले अब १ प्रतिशत अग्रिम कर तिर्नुपर्ने भएको छ।

सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने छ।

अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैङ्क, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने घोषणा गरे ।

त्यस्तै नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य काम गर्नेहरूले विदेशी मुद्रामा आम्दानी गरेमा त्यस्तो रकम भुक्तानीमा पनि १ प्रतिशत कर लाग्ने छ।

विद्येयककाअनुसार व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएर वा सामाजिक सञ्जाल मार्फत श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रा भुक्तानी प्राप्त गर्दा यस्तो कर लाग्नेछ ।

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २५ भाद्र २०७८, शुक्रबार