टेलिकमको टावरबाट ब्याट्री चोरी गर्ने पक्राउ

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
टेलिकमको टावरबाट ब्याट्री चोरी गर्ने पक्राउ

काठमाडौं ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ मा रहेको नेपाल टेलिकमको टावरबाट ब्याट्री चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

धुर्कोट गाउँपालिका वडा नम्बर–६ मा रहेको पुरानो टेलिकमको टावरबाट ४०० भोल्टको ४८ थान ब्याट्री चोरी गर्ने भारतको लखनउ घर भई बुटवल उपमहानगरपालिका–११ मा कोठाभाडा गरी बस्ने ३१ वर्षीय सचेन्द्रकुमार गौतमलाई रुपन्देहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गौतमले उक्त ब्याट्री भारत लैजाने गरी चोरी गरको भन्ने गोप्य सूचनाका आधारमा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

गौतमलाई नियन्त्रणमा लिई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दूरसञ्चार कार्यालय तम्घास गुल्मीले भदौ १० गते ब्याट्री चोरी गर्नेलाई पहिचान तथा खोजतलास गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार