चीनको अलिबाबा समूहले १ खर्ब ८१ अर्ब रुपैयाँ “साझा समृद्धि” को लागि लगानी गर्ने

  • Technology Khabar | १९ भाद्र २०७८, शनिबार
चीनको अलिबाबा समूहले १ खर्ब ८१ अर्ब रुपैयाँ “साझा समृद्धि” को लागि लगानी गर्ने

काठमाडौं ।

चीनको अलिबाबा समूहले सन् २०२५ सम्म १०० अर्ब चिनियाँ युआन अर्थात करिब १ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँ बराबर रकम “साझा समृद्धि” को समर्थनमा लगानी गर्ने बताएको छ। यो लगानीसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङ्गद्वारा संचालित पहलको लागी समर्थनको प्रतिज्ञा गर्ने नवीनतम कर्पोरेट विशाल बन्ने भएको हो।

बेइजिङ्गले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा असमानता कम गर्ने प्रयासको भागको रूपमा कम्पनीहरुलाई धन बाँडफाँड गर्न प्रोत्साहित गर्दै आएको छ। अन्य कम्पनीहरु जसले यस्तै घोषणा गरेका छन् त्यसमा टेनसेन्ट होल्डिंग्स, जसले १०० अर्ब युआन, र गिलीअटोमोबाइलले समेत वचन दिएका छन्।

चीनमा सरकार समर्थित झेजियाङ्ग न्यूज वेबसाइटले रिपोर्ट गरेअनुसार अलीबाबा कोष साना र मध्यम आकारका उद्यमहरुको लागी अनुदान र गिग अर्थव्यवस्था कामदारहरु; उदाहरणका लागी कुरियर र राइड हेलिंग ड्राइभरहरुको लागी बीमा सुरक्षामा सुधार जस्ता क्षेत्रहरुमा जानेछ।

यसले २० अर्ब युआन “साझा समृद्धि विकास कोष” को स्थापना समेत गर्ने बताईएको छ।

ई-कमर्श जायन्ट र यसको टेक प्रतिद्वन्द्वी एकाधिकार व्यवहारदेखि उपभोक्ता अधिकारसम्मका मुद्दाहरुमा एक व्यापक नियामक हस्तक्षेपको लक्ष्य भएको छ। अलिबाबालाई एकाधिकार उल्लंघन गरेको आरोपमा अप्रिलमा २.८५ अर्ब डलर जरिवाना लगाइएको थियो।

प्रकाशित: १९ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १९ भाद्र २०७८, शनिबार