टिकटकको मुख्य कम्पनी बाइटडान्सले किन्यो भर्चुअल रियालिटी कम्पनी ‘पिको’

  • Technology Khabar | १५ भाद्र २०७८, मंगलवार
टिकटकको मुख्य कम्पनी बाइटडान्सले किन्यो भर्चुअल रियालिटी कम्पनी ‘पिको’

काठमाडौं ।

टिकटकको मालिक कम्पनी बाइटडान्सले पिको नामक स्टार्टअपको अधिग्रहण गरेर भर्चुअल रियालिटी (VR) मा आफ्नो पहिलो कदम चालेको छ।

बेइजिङ्गमा मुख्यालय रहेको बाइटडान्सले सम्झौता गरिएको रकमको आकार खुलाएन तर एक विज्ञप्तीमा भन्यो, ‘पिको “सफ्टवेयर र हार्डवेयर टेक्नोलोजीको व्यापक सुईटका साथ साथै प्रतिभा र टीमको गहिरो विशेषज्ञता, भीआर स्पेसमा हाम्रो प्रवेश र यो बढ्दो क्षेत्रमा दीर्घकालीन लगानी दुबैलाई समर्थन गर्दछ।’

बजार विश्लेषक आईडीसीका अनुसार पिको २०२१ को पहिलो त्रैमासिकमा विश्वव्यापी तेस्रो सबैभन्दा ठूलो भर्चुअल रियालिटी हेडसेट निर्माता थियो, जसको शिपमेन्ट ४४.७ प्रतिशतले वृद्धि भएको सिएनबीसीले उल्लेख गरेको छ।

यसअघि नै बाइटडान्स टिकटक र चिनियाँ एप डुइनका साथ सफल कम्पनी भएको छ ।

पिकोको अधिग्रहणले यसको व्यापार विविधता गर्ने योजनालाई अगाडी बढाउनेछ।

गएको मार्चमा, बाइटडान्सले एक प्रमुख मोबाइल गेमिङ्ग स्टुडियो मुनटनलाई करिब ४ अर्ब डलरमा किनेको रिपोर्ट गरीएको थियो जसमार्फत कम्पनीले गेमिङ क्षेत्रमा बिस्तार गर्ने प्रयासमा रहेको देखिन्छ।

पिकोलाई बाइटडान्सको अधिग्रहणले यसलाई फेसबुकको ओकुलस भीआर डिभिजनको बिरुद्धमा खडा गर्न सक्नेछ। गत वर्ष, एप्पलले भर्चुअल रियलिटी कम्पनी नेक्स्टभीआर किनेको थियो र यसले आफ्नै भीआर हेडसेटमा काम गर्न सक्छ भन्ने अनुमान लगाउन थालिएको छ।

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Nepal Launches Galaxy Z Fold8 Series with Galaxy AI and a Smarter Ownership Ecosystem

  • Technology Khabar
  • १५ भाद्र २०७८, मंगलवार