
काठमाडौं ।
गत नोभेम्बरमा ह्वाट्सएपले पठाइएका मेसेजहरु ७ दिनमा आफैं हराउने फिचर शुरु गरेको थियो। फेरि आजभन्दा २ महिना अघि भ्यू वन्स अर्थात मेसेज हेरेर बन्द गरेपछि फेरि हेर्न नमिल्ने फिचर पनि ल्याएको थियो।
अहिले भने यो एपले मेसेज हराउने प्रक्रियामा नयाँ अप्शन थप्न लागेको बुझिएको छ जस अनुसार मेसेजहरु कम्तीमा ९० दिनसम्म रहन्छन् र त्यसपछि मात्र आफैं हराउँछन्।
यी सबै फिचरहरुको बिटा भर्सन उपलब्ध भएपछि यूजरले कुनै पनि मेसेजलाई अफ गर्ने अर्थात् मेसेज कहिले पनि नहराउने वा २४ घण्टा, ७ दिन र ९० दिनमध्ये कुनै एउटा अप्शन छान्नुपर्ने हुन्छ।
यी अप्शनहरुबाट यूजरलाई मेसेज सम्बन्धमा अथाह लचकता प्राप्त हुने भए पनि ९० दिनको फिचर भने हाल ह्वाट्सएप एन्ड्रोइड बिटा भर्सन २.२१.९.६ मा मात्र उपलब्ध छ।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार