राष्ट्रिय बीमा संस्थानको प्रिमियम अनलाइनबाटै तिर्न सकिने

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार
राष्ट्रिय बीमा संस्थानको प्रिमियम अनलाइनबाटै तिर्न सकिने

काठमाडौं ।

राष्ट्रिय बीमा संस्थानका बीमितहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईन अर्थात कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले भदौ २ गते एक समारोह आयोजना गरी उक्त अनलाईन भुक्तानी सेवाको थालनी गरेको हो।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाईनबाटै आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

उक्त भुक्तानीको लागि ग्राहकले कनेक्ट आईपीएसमा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको “फाइनान्सियल इन्टिट्युसन” भित्र “इन्स्योरेन्स पेमेन्ट” मा “राष्ट्रिय बीमा संस्थान” छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी बीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमकको जन्ममिति (अंग्रेजी मिति अनुसार) दाखिला गरी आफ्नो ट्रान्सज्याक्सन पासवर्ड तथा ओटीपी प्रयोग गरी बैंक वित्तिय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन् ।

राष्ट्रिय बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनती गरी एनसीएचएलको नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई) मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यम मार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौता पछी कार्य अघि बढाएको हो ।

हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अन्लाईन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २ भाद्र २०७८, बुधबार