उडान भर्न ठिक्क भएको बोइङ्गको अन्तरिक्ष यात्री क्याप्सुल महिना दिनका लागि ग्राउन्डेड

  • Technology Khabar | ३० श्रावण २०७८, शनिबार
उडान भर्न ठिक्क भएको बोइङ्गको अन्तरिक्ष यात्री क्याप्सुल महिना दिनका लागि ग्राउन्डेड

काठमाडौं ।

बोइङ्गको अन्तरिक्ष यात्री क्याप्सुल महिना दिनका लागि ग्राउन्डेड भएको छ । यसमा भएको एक भ्याक्सिङ्ग भल्भ समस्याको कारण यो सम्भवतः अर्को बर्षसम्मका लागि ग्राउन्डेड गरिएको छ।

बोइङ्ग र नासाका अधिकारीहरुले शुक्रबार स्टारलाइनर क्याप्सुल आफ्नो रकेटको माथिल्लो भागबाट हटाइने र थप व्यापक मर्मतका लागि केनेडी स्पेस सेन्टर ह्याङ्गरमा फर्किने बताएका छन्।

स्टारलाइनर गत हप्ता अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागी दोहोर्याइएको परीक्षण उडानमा व्लास्टअफ गर्नको लागी तयार थियो र यसमा एक कुनै अन्तरिक्ष यात्री थिएनन् । तर यस क्याप्सुलमा समस्या उत्पन्न भएसँगै यसलाई रोकिएको थियो।

यस्तै एउटा क्याप्सुल २०१९ मा सफ्टवेयर समस्याहरुबाट ग्रस्त थियो जसले यसलाई अन्तरिक्ष स्टेशनसम्म पुग्नबाट रोकेको थियो।

“हामी साँच्चिकै निराश छौं,” बोईङ्गका उपाध्यक्ष तथा कमर्शियल क्रू कार्यक्रमका निर्देशक जोन भोल्मरले भने, “हामी त्यसबेला यो परीक्षण उडान गर्नेछौं जतिबेला यो तयार हुनेछ र सुरक्षितरुपमा उडान गर्न सक्षम हुनेछ।”

यो निर्णयसँगै बोईङ्गको नासासँगको सम्झौता अनिश्चित देखिएको छ । नासाले स्पेसएक्ससहित बोईङ्गलाई अन्तरिक्षमा मानिस लैजान कन्ट्राक्ट दिएको थियो।

स्पेसएक्सले भने एक वर्षमा नै १० अन्तरिक्ष यात्रुलाई उडाईसकेको छ।

यसअघि रकेटमा रहेको प्रोपोल्सन सिस्टमका १३ भल्भ मध्ये ९ वटा फेरिएका थिए र अन्य चारलाई थप कार्य गर्नुपर्ने बताईएको छ ।

भोल्मरकाअनुसार १३ वटा भल्भहरुलाई आद्रताले असर पारेको छ । यो कोरोसिभ फ्यूल बल्दा हुने केमिकल र आद्रताले असर पारेको बताईएको छ ।

प्रकाशित: ३० श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • ३० श्रावण २०७८, शनिबार