
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सचिव अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो।
अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सचिवमा कार्यरत रहेका थिए । अर्याल विशेषगरि अर्थ मन्त्रालयमा लामो समयसम्म काम गरेका व्यक्ति हुन् । उनले बाणिज्य सचिवको रुपमा समेत जिम्मेबारी निभाईसकेका छन्।
गएको साउन ६ गतेबाट मन्त्रालयका तत्कालिन सचिव हरिप्रसाद बस्यालले अनिवार्य अवकाश पाएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव बिहिन भएको थियो । हाल निमित्तको रुपमा डिल्लिराम शर्माले मन्त्रालय चलाउँदै आएका छन्।
मन्त्री बिहिन रहेको सञ्चार मन्त्रालय सचिव बिहिन हुँदा दैनिक काम कारवाहीमा समस्या हुँदै आएको छ।
प्रकाशित: २५ श्रावण २०७८, सोमबार