एप्लिकेसन

गुगलको डाइनासोर गेममा अब ओलम्पिक टर्चसहित अन्य मिनिगेमको फिचर

गुगलको डाइनासोर गेममा अब ओलम्पिक टर्चसहित अन्य मिनिगेमको फिचर
Global IME Bank

गुगल क्रोम ब्राउजरमा रहेको डाइनासोर गेम थुप्रै वर्षदेखि चर्चित छ। इन्टरनेट कनेक्शन टुटेपछि यूजरलाई अल्छी नलागोस् भनेर राखिएको गेम सामान्य भए पनि धेरै जनाले खेल्नेमध्येमा पर्छ।

हाल जापानमा चलिरहेको टोक्यो ओलम्पिक्स २०२० को उपलक्ष्यमा गुगलले उक्त गेममा धेरै कुराहरु थपघट गरेको छ।

यो खेलमा सामान्य अवस्थामा कम्प्युटर स्क्रीनमा रहेको सो डाइनासोर स्पेसबार थिचेसँगै सिउँडी काँढाको झ्याङलाई उफ्रेर नाघ्छ र नाघ्न नसकेको खण्डमा गेम ओभर हुन्छ।

तर हालै एक रेडिट यूजरले यो गेममा निकै परिवर्तन भएको पाए। पछि गुगलका सीईओ सुन्दर पिचाइले यो क्लासिक गेममा नयाँ मिनिगेम हरुको मज्जा लिन सकिने ट्विट गरेपछि यो पुष्टि भयो।

टी-रेक्सले हातमा ओलम्पिक टर्चलिएको उक्त गेमको स्क्रीनशन शेयर गर्दै उक्त रेडिट यूजरले लेखे, ‘क्रोमको डाइनो गेममा गुगलले ओलम्पिकसँग सम्बन्धित मिनीगेमहरु थपेको छ।’

अबदेखि इन्टरनेट गएपछि मात्र नभइ इन्टरनेट कनेक्शन भएकै बेला पनि उक्त गेम खेल्न सकिनेछ। यसमा शुरुमा ओलम्पिक टर्च बोकेको डाइनोसर देखिनेछ। अब अवरोधहरुमा ठोक्किएको खण्डमा यो डाइनासोर अर्कै प्रकारको खेलाडीमा परिवर्तन हुन्छ भने यसले गेमको फिनिश लाइनलाई लक्षित गरेको हुन्छ। तर पहिलो गेममा भने यसले अवरोधलाई नाघ्ने नभइ झुकेर अगाडि बढ्छ।

रेडिटका यूजरहरुले यो नयाँ डाइनासोर गेम खेलेको र राम्रो लागेको प्रतिक्रिया दिएका छन्। एकजना यूजरले त यदि उक्त डाइनासोरलाई टर्चभित्र ठोक्काउन सकेको खण्डमा अन्य मिनिगेमहरु खेल्न पाइने पनि उल्लेख गरेका छन्।

Sajilo Visa
easy care