कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सम्झौता

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सम्झौता

काठमाडौं ।

साइप्रसको ख्यातिप्राप्त कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ।

योसँगैं साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पे को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् जुज नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनुको साथै र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोल्जोभले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • ३ श्रावण २०७८, आईतवार
Desktop Popup ImageMobile Popup Image×