टीएसएमसीले जापानमा फ्याक्ट्री राख्ने पक्का, एरिजोनाको प्लान्टबाट २०२४ देखि उत्पादन शुरु हुने

  • Technology Khabar | १ श्रावण २०७८, शुक्रबार
टीएसएमसीले जापानमा फ्याक्ट्री राख्ने पक्का, एरिजोनाको प्लान्टबाट २०२४ देखि उत्पादन शुरु हुने

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले गत हप्ता समुद्रपार उत्पादनका लागि जापानमा फ्याक्ट्री स्थापना गर्ने पक्का गरेको थियो।

यसबाहेक कम्पनीले हालै आफ्नो टेक्ससको एरिजोनामा रहेको फ्याक्ट्रीबाट आगामी २०२४ देखि उत्पादन शुरु हुने पनि पुष्टि गरेको छ।

निक्केइएसियाको एक रिपोर्ट अनुसार विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता टीएसएमसीले जापानमा चिप फ्याक्ट्रीको सम्भाव्यता अध्ययन गरिरहेको छ।

अहिले टीएसएमसीका अध्यक्ष मार्क लिउले आफूहरु जापानमा स्पेशियल्टी टेक्नोलोजी फ्याब अर्थात् विशेष प्रविधि फ्याक्ट्री स्थापना गर्ने प्रक्रियामा लागिपरेको भनाइपछि यो तथ्य आधिकारिक भएको हो।

उनले यो सबैकुरा उपभोक्ताको आवश्यकता, दक्षता मूल्यांकन तथा लागत अर्थशास्त्रमा आधारित हुने हुँदा अहिल्यै यो निर्णय सार्वजनिक गर्नु अलि छिटै भएको पनि सुनाए।

यसबाहेक लिउले एरिजोनामा १२ अर्ब डलरको लागतमा बनिरहेको फ्याक्ट्रीबाट आगामी सन् २०२४ देखि सेमिकन्डक्टर चिपको बृहत् उत्पादन शुरु हुने पनि बताए। कम्पनी सन् २०२४ को शुरुवातदेखी सञ्चालनमा ल्याइने उक्त प्लान्टमा काम गर्नका लागि भर्ती गरिएका इन्जिनीयरहरु पनि गत अप्रिलमा तालिमका लागि ताइवान आइसकेको जानकारी दिए।

‘हामी हाम्रो काम शुरु गर्ने समयतालिका सकेसम्म घटाउनेछाैं’, मार्क लिउले अगाडि थपे।

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • १ श्रावण २०७८, शुक्रबार