
काठमाडौं ।
अर्बपति इलन मस्कले रिचर्ड ब्रान्सनको भर्जिन ग्यालेक्टिकको अन्तरिक्ष विमानको टिकट खरिद गरेका छन्।
वालस्ट्रीट जर्नलले कम्पनीका प्रवक्ताको भनाइ उद्धृत गर्दै यस्तो जानकारी गराएको हो।
स्पेसएक्सका सीईओ मस्कले आइतबार ब्रान्सनको अन्तरिक्ष यात्राभन्दा अगाडि नै टिकट किनेको द भर्जले जनाएको छ।
मस्क भर्जिन ग्यालेक्टिकको स्पेशशिप२ को सूचीमा रहेका यात्रीसँगै यात्रा गर्नेछन् या अन्य तरिकाले भन्ने स्पष्ट नभए पनि उनको ब्रान्सनसँगको सम्बन्ध कति प्रगाढ रहेछ भन्ने देखाउँछ।
ब्रान्सन गत आइतबार कन्सर्ट, थुप्रै भिडियो सेगमेन्ट तथा सेलिब्रिटी स्टेफन कोल्बर्ट र अन्तरिक्षयात्री क्रिश हाडफिल्डको आतिथ्यमा आयोजित परीक्षण उडानमा आफ्नो कम्पनीको स्पेशशिप२ मा बसेर ८५ पृथ्वीबाट किलोमिटर माथिसम्म पुगेर सकुशल अवतरण गरिसकेका छन्।
पृथ्वीमा फर्कने क्रममा ब्रान्सन र भर्जिन ग्यालेक्टिकका अन्य तीन कर्मचारी स्पेशप्लेनको क्याबिनमा माइक्रोग्रभिटीका माध्यमबाट हावामा तैरिएका थिए।
आइतबार मस्कले ब्रान्सनको अन्तरिक्ष वाहन प्रक्षेपण भएको अवलोकन गरेका थिए। ‘यति सहयोगी र असल मित्र भएकोमा धन्यवाद मित्र इलन’, रिचर्ड ब्रान्सनले उडानअघि ट्विटरमा लेखेका थिए।
ब्रान्सनले उक्त अन्तरिक्ष वाहन उड्नुअघि केही समय मस्कसँग बिताएका थिए।
‘यो बिहान एक मित्रका साथ शुरु गर्न पाउनु ठूलो कुरा हो’, उनले अर्को ट्वीटमा लेखेका थिए, ‘म उत्साहित छु, राम्रो अनुभव भइरहेको छ, म तयार हालतमा छु।’
Thanks for being so typically supportive and such a good friend, Elon. Great to be opening up space for all – safe travels and see you at Spaceport America! #Unity22 @virgingalactic https://t.co/fLCoeJOPJJ
— Richard Branson (@richardbranson) July 10, 2021
प्रकाशित: २९ असार २०७८, मंगलवार