
काठमाडौं ।
आईबीएम रिसर्चले बुधबार हाइब्रिड क्लाउडमा ठूला डाटा र एआई वर्कफ्लो एकीकृत गर्ने कोडफ्लो नामक फ्रेमवर्क सार्वजनिक गरेको छ।
यो ओपन सोर्स फ्रेमवर्कले डेभलपलहरुले मेशिन लर्निङ हाइब्रिड इन्भाइरोन्मेटका मोडलहरुलाई तालिम दिन र अप्टिमाइज गर्नका लागि चाहिने पाइबलाइन बनाउँदा खर्च गर्ने समयमा निकै कटोती गर्ने बताइएको छ।
रे नामक प्लेटफर्ममा निर्मित् कोडफ्लेयर यूसी बर्कलेले ल्याएको एउटा ओपन सोर्स प्रविधि हो। यो वर्कफ्लोलाई स्केल गर्न सहज बनाउने केही विशेषत तत्वहरुसहित रे प्लेटफर्ममा निर्माण हुन्छ।
पाइपलाइनका लागि पाइथनमा आधारित इन्टरफेस प्रयोग गरेर कोडफ्लेयरले डाटालाई एकीकृत गर्न, समानान्तर बनाउन तथा शेयर गर्न सहज बनाउँछ।
यसले नयाँ वर्कफ्लो भाषाका लागि डाटा वैज्ञानिकको आवश्यकता बिना नै पाइपलाइन वर्कफ्लोलाई विभिन्न प्लेटफर्महरुमा र एकीकृत गराउन मद्दत गर्छ।
यसबारेमा आईबीएमका अनुसार कोडफ्लेयर पाइपलाईन आईबीएम क्लाउड कोड इन्जिन तथा रेड ह्याट ओपनशिफ्टजस्ता नयाँ सर्भर नभएको प्लेटफर्ममा चल्न सक्छ र यसलाई डेभलपरहले जहाँसुकै प्रयोग गर्न सक्छन्।
कोडफ्लेयरले डेभलपरहरुलाई पाइपलाइनहरुलाई अन्य क्लाउडमा आधारित इकोसिस्टममा एकीकृत गर्न सघाउ पुर्याउँछ।
यसले क्लाउड अब्जेक्ट स्टोरेज, डाटा लीक तथा वितरित फाइलसिस्टमजस्ता विभिन्न स्रोतबाट डाटा लोड गर्न तथा टुक्र्याउन पनि मद्दत गर्छ।
कोडफ्लेयर गिटहबमा उपलब्ध छ भने आईबीएमले शुरुमा आईबीएम क्लाउड तथा रेडह्याट अपरेट फर्स्टमा चल्ने भर्सनको उदाहरण शेयर गरेको छ। आईबीएमका अनुसार डेभलपरहरुले कोडफ्लेयर प्रयोग गर्न थालेदेखि उनीहरुको महिनो लाग्ने कामको समय उल्लेख्य मात्रमा घटेको छ।
हाइब्रिड क्लाउड आईबीएमको वृद्धि रणनीतिको एउटा महत्वपूर्ण पाटो हो। २०२० मा कम्पनीकै मातहतमा रहेको रेड ह्याटमा हाइब्रिड क्लाउड प्रयोगकै कारण आईबीएमको क्लाउडमार्फतको जम्मा कमाइ २० प्रतिशतले बढेको थियो।
प्रकाशित: २५ असार २०७८, शुक्रबार