
काठमाडौं ।
तपाईँ हामीले पटक पटक स्मार्टफोन ट्याबलेट वा ल्यापटप पड्किएको सुनेका वा पढिरहेका छौं । तर हालैको एक घट्नाले सबैलाई चिन्तित बनाएकोछ ।
हालै स्मार्टवाच पड्किएको सम्बन्धी समाचार पनि प्रकाशमा आएको छ। भर्खरको घटना जसमा स्मार्टवाचको ब्याट्री विस्फोट भयो, र त्यसले एक नयाँ त्रास पुनःस्थापित गरेको छ। यो घटना चीनमा भएको थियो । एक चार वर्षीया बालिकाले तेस्रो डिग्रीको स्तरको आगो (थर्ड-डिग्री बर्न ) को सामना गरिन् जब उनको स्मार्टवाच उनको नाडीमा विस्फोट भएको थियो ।
ती बालिकालाई अस्पताल लगिएको थियो, जहाँ उनले सो घटनापछि छालाको उपचार (स्किन ग्राफ्ट) गर्नुपर्यो। पीडितको परिचय चिनियाँ प्रान्त फुजियानको क्वानजा शहरको येई हुआङ्गको रूपमा गरिएको छ।
याहू न्यूज अष्ट्रेलियाका अनुसार यो घटना यसै महिनाको शुरुमा भएको थियो जब येई कोठामा भाइसँग खेलिरहेकी थिईन्।
त्यसैबेला उनको हजुरआमाले चर्को आवाज सुनिन र यीको चीच्याएको सुनिन्। जब उनी के भएको भनेर हेर्न आइपुग्छिन्, उनले यीको नाडीमा बाँधिएको स्मार्टवाचबाट धुवाँ निस्किरहेको देखीन् । येईले हतारमा आफ्नो नाडीमा बाँधिएको स्मार्टवाच खोल्ने प्रयास गरेकी थिईन् र हजुरआमाले येईको स्मार्टवाच उनको नाडीमा विस्फोट भएको अनुमान गरेकी थिईन्। विस्फोटको कारण, उसको नाडीको छाला थर्ड-डिग्री बर्न भएको थियो। जसले गर्दा उनलाई छालाको विशेष उपचार गर्नुपर्यो।
क्षतिपूर्तिका लागि कुराकानी
यस घटनाको सबै विवरणहरू अहिलेसम्म सार्वजनिक गरिएको छैन् र यसमा स्मार्टवाच निर्माणकर्ताको नामपनि खुलाईएको छैन् । हुआङ्ग घट्नामा स्मार्टवाच निर्मातासँग क्षतिपूर्तिको बारेमा कुरा हुँदै गरेको बताईएको छ। यो घटनाले ब्याट्री पड्किएको अवस्थामा कति खतरनाक खतरनाक हुन सक्छ भनेर देखाउनेछ ।
प्रकाशित: २५ असार २०७८, शुक्रबार