
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको आउँद गरेको एक्शन ३० फाइभजी फोनको विवरण लीक भएको छ।
यसै हप्ताको शुरुवातमा जेडटीईले आफ्नो एक्शन ३० फाइभजी स्मार्टफोनको आधिकारिक विवरण बाहिर ल्याएको हो जस अनुसार यसमा इन-डिस्प्ले सेल्फी क्यामरा रहने साथै ४४१ पीपीआई को पिक्सेल डेन्सिटी रहने बुझिएको छ। यो पिक्सेल डेन्सिटी अघिल्ला एक्शन फोनहरुको भन्दा दोब्बर हो।
पिक्सेल डेन्सिटीले फोटोको गुणस्तर बढाउँछ भने मोबाइलको स्पष्टता पनि बढ्छ। यसबाहेक यसअघिको एक्शन २० फाइभजीमा आएको फगिङको समस्या पनि हटाउँछ।
एक्शन २० फाइभजी इन-स्क्रीन क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन थियो। साथै पिक्सेल डेन्सिटी बढ्नुले अन्डर डिस्प्ले सेल्फी क्यामरालाई पनि कम देखिने बनाउँछ।
जेडटीईले एक्शन फाइभजीका बारेमा धेरै विवरण बाहिर नल्याए पनि यसले हालै ५५वाट चार्जिङका लागि ३सी सर्टिफिकेट पाएको थियो।
यो फोन आगामी जुलाइ २२ मा सार्वजनिक हुने भएकाले अरु विवरणहरु पनि बिस्तारै बाहिर आउनसक्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २५ असार २०७८, शुक्रबार