काठमाडौं ।
भिभोले छोटो अवधिमै लगभग सबै सेगमेन्टमा आफ्नो छाप बनाएको छ। यसको अनुमान हालै आएको २०२१ को पहिलो त्रैमासिकको तथ्यबाट पनि गर्न सकिन्छ । जसअनुसार ग्लोबल टेक ब्रान्ड भिभो कम्पनी पहिलो त्रैमासिक विश्वमै दोस्रो सबैभन्दा द्रुत बृद्धि हुने ५जी स्मार्टफोन ब्राण्ड बनेको छ।
यसको क्वार्टर बिचको वृद्धि दर ६२ प्रतिशत रहेको छ जहाँ यसले १ करोड ९० लाख युनिटहरू शिपमेन्ट गरेको छ। स्ट्राटेजी एनालिटिक्सद्वारा गरिएको एउटा नयाँ अनुसन्धानका अनुसार चीन र युरोप भिभोको गढ बनेका छन्।
सो अवधिमा एप्पल क्वार्टरबिच २३ प्रतिशतको गिरावट देखिएको छ। तर अर्कोतर्फ यसैबीच ओपोले ५५ प्रतिशत, भिभोको ६२ प्रतिशत, र सामसङको ७९ प्रतिशत र शाओमीले ४१ प्रतिशतले बृद्धि अनुभव गरेको छ। यसै समयमा अन्य कम्पनीहरूको शिपमेन्ट २८ प्रतिशत घटेको छ। यस्तो अवस्थामा सामसङ र भिभोले सबैभन्दा धेरै वृद्धि देखेको छ।
भिभो ५जी विकासको क्षेत्रमा धेरै काम गरीरहेको छ र यस बारेमा निरन्तर केहि नयाँ विषय बाहिर ल्याईरहेको छ। ब्रान्डले ५जी मानक र कोर टेक्नोलोजीमा ठूलो प्रगति गरेको छ।
डाटालाई हेर्दा, २०२० को चौथो क्वाटरमा ग्लोबल ५जी स्मार्टफोन विक्रेताको शिपमेन्टको हिसाबले एप्पल ५ करोड २२ लाख युनिटको साथ शीर्ष स्थानमा थियो। यसै समयमा ओपोले १ करोड ९ लाख युनिट, भिभो १ करोड २० लाख युनिट, शाओमी १ करोड १८ लाख युनिट, सामसङ ९५ लाख युनिट, र बाँकी कम्पनीहरूले २ करोड ८७ लाख युनिट पठाएका छन्।
त्यहि समयमा, २०२१ को पहिलो क्वार्टरको बारेमा कुरा गर्दा यस समयमा एप्पल ४ करोड ४ लाख युनिटहरूको साथमा शीर्ष स्थानमा थियो। यसै समयमा ओपोले २ करोड १९ लाख युनिट, भिभोले १ करोड ९४ लाख युनिट, सामसङ १ करोड ७० लाख युनिट, शाओमीले १ करोड ६६ लाख युनिट र बाँकी कम्पनीहरूले २ करोड ८ लाख युनिट पठाएका थिए। एजेन्सीका साथ
प्रकाशित: २२ असार २०७८, मंगलवार