Samsung

सामसङ ग्यालेक्सी वाच४ र वाच४ क्लासिकको मूल्यलगायत विवरण लीक

सामसङ ग्यालेक्सी वाच४ र वाच४ क्लासिकको मूल्यलगायत विवरण लीक
Global IME Bank

सामसङ ग्यालेक्सी वाच सिरिजमा क्लासिक भेरियन्ट पनि आउने भएको छ। यसमा रोटेट हुने बेजल रहनेछ भने यसको मूल्य पनि अन्य मोडलभन्दा बढी रहने बुझिएको छ।

सामसङ ग्यालेक्सी वाच४ ४० र ४४ एमएम गरी दुई साइजमा उपलब्ध हुनेछ। ४० एमएम भेरियन्टको ३५० देखि ३७० यूरो तथा ४४ एमएम भेरियन्टको ३८० देखि ४०० यूरो रहने आकलन गरिएको छ।

यी दुवै भेरियन्टका डिभाइसहरु कालो, सिल्भर, हरियो तथा सुनैलो रंगमा पाइनेछ।

यसैगरी ग्यालेक्सी वाच४ क्लासिक पनि ४२ र ४६ एमएम गरी दुई साइजमा आउनेछ। मूल्यका हिसाबले ४२ एमएम भेरियन्टको ४७० देखि ५०० तथा ४६ एमएम भेरियन्टको ५०० देखि ५३० यूरोसम्म पर्ने बुझिएको छ। यी दुवै डिभाइस कालो र सिल्भर रंगमा उपलब्ध हुनेछ।

दुईमध्ये ठूलो साइजमा ठूलो बेजर र ब्याट्री पनि बढी क्षमताको हुने हुनाले सानो साइजको भन्दा बढी मूल्य पर्न आएको हो।

Sajilo Visa
easy care