चन्द्रमामा रकेटको माध्यमबाट पानी उत्खनन गरिँदै, मानव बस्तीको सपना पूरा हुन सक्ने

Technology Khabar १५ असार २०७८, मंगलवार

काठमाडौं ।

अन्तरिक्ष अनुसन्धान प्रविधि कम्पनीहरुको साझेदारीका कारण चन्द्रमामा पानी निकाल्ने कामको शुरुवात हुने भएको छ।

मास्टेन स्पेश सिस्टम्सले हनीबी रोबोटिक्स र लुनर आउटपोस्‍ट नामका संस्थासँग मिलेर रकेट माइनिङ सिस्टमको विकास गरेको छ। यस मार्फत् रकेटहरुले चन्द्रमाको सतहमा उत्खनन गरेर पानी निकाल्ने प्रयास गर्नेछन्।

यी रकेटहरुले स्याटेलाइटको दक्षिणपट्टिलगायत चन्द्रमाको सतहका केही भागमा तापद्वारा खाडल बनाउनेछन्।

यो रकेट इन्जिनलाई एउटा गुम्बजामा राखेर त्यसको शक्तिद्वारा चन्द्रमाको सतहमा २ मिटरसम्म खाडल बनाएर एक वर्षमा चन्द्रमामा रहेको ४ लाख २० हजार किलोग्राम पानी उत्खनन गर्न सकिनेछ।

चन्द्रमा तथा अन्य अलोकिक क्षेत्रमा मानव वस्तीको परिकल्पना साकार हुन पानी उत्खनन सबैभन्दा अपरिहार्य र महत्वपूर्ण कुरा हो।

चन्द्रमामा रहेको हिउँ फुटाएर निकालेको पानीलाई खानेपनी, रकेटको इन्धन तथा अन्य महत्वपूर्ण संसाधनका रुपमा प्रयोग गर्न साथै त्यहाँ पाइएका अक्सिजन मिथेनजस्ता  अन्य तत्वहरुसँगको सम्मिश्रणबाट उर्जाको सम्वर्द्धन र निर्माण गर्न सकेको खण्डमा चन्द्रमामा मानव जातिको दीर्घकालीन उपस्थितिलाई मद्दत पुर्याउने विश्लेषकहरुको भनाइ छ।

मास्टेन कम्पनीले एउटा ब्लगमा लेखेको छ, ‘एउटा नीजी अन्तरिक्ष कम्पनीले चन्द्रयान पठाउँदै गरेको अवस्थामा पानी उत्खनन गर्ने प्रविधिलाई मूर्त रुप दिने कुरामा मास्टेन अद्वितीय स्थानमा रहेको छ। हामी हाम्रा पुन प्रयोग गर्न मिल्ने रकेटका माध्यमबाट चन्द्रमाको सतहको परिस्थिति परीक्षण गरिरहेका छैऽ यी परीक्षणहरुले हामीलाई हाम्रो मोजेभमा रहेको केन्द्रमार्फत् उक्त सतहको तथ्याङ्क संकलन गर्न सघाउ पुर्याइरहेका छन्।’

मास्टेनका अनुसार ड्रिल तथा अन्य उपकरणमार्फत् कम खर्चमा हुने भएकाले चन्द्रमामा रकेटका माध्यमबाट गरिने उत्खननलाई नै जोड दिनुपर्छ।

यद्यपि प्रगोगमा ल्याउन मिल्ने परिमाणको पानी निकाल्नका लागि पर्याप्त उपकरण पठाउन असहज हुने भए पनि हालको साझेदारीमार्फत् एउटा सानो रोभरमा अटाउने गरी उत्खनन क्षेत्र बनाइएको छ।

एजेन्सीका साथमा

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया