युएस सेलुलर कम्पनीले सी-ब्यान्ड स्पेक्ट्रममा लगभग १.५ अर्ब अमेरिकी डलर खर्च गर्ने

  • Technology Khabar | २८ फाल्गुन २०७७, शुक्रबार
युएस सेलुलर कम्पनीले सी-ब्यान्ड स्पेक्ट्रममा लगभग १.५ अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं ।

युनाइटेड स्टेट्स सेलुलर कर्पोरेशन (युएस सेलुलर) ले हालैको संघीय संचार आयोग (एफसीसी) को सी-ब्यान्डको लिलामी १०७ मा स्पेक्ट्रम लाइसेन्सको लागि सफलतापूर्वक बोली लगाएको छ ।

अमेरिकाको क्षेत्रीय अपरेटर कम्पनीले यसअन्तरगत २५४ वटा लाइसेन्सका साथ यसका ९४ प्रतिशतले यसका ग्राहकहरूको लागि कुल अनुमानित १.४६ अर्ब डलर लगानी गरेको छ । सो मूल्यमा कुल बोलपत्रको साथसाथै अनुमानित रिलोकेसन लागत र वर्तमानमा फ्रिक्वेन्सीहरू ओगटेका स्याटेलाइट अपरेटरहरूलाई पुनःस्थापना प्रोत्साहनको भुक्तान पनि समावेश छ।

लिलामी १०५ मा सीबीआरएस स्पेक्ट्रमको पूर्व मिड-ब्यान्ड खरीदसँगै, युएस सेलुलरसँग लगभग सबै अपरेटिङ्ग फुटप्रिन्टहरूमा मिड-ब्यान्ड स्पेक्ट्रम हुनेछ।

‘सबै स्पेक्ट्रम ब्यान्डले हाम्रो फाइभजी नेटवर्क रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ युएस सेलुलरका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकारी लरेन्ट थेरीभेलले भने, ‘हामी हाल ६०० मेगाहर्ज स्पेक्ट्रममा ५जी लाई परिचालन गरिरहेका छौं र हामीले यसलाई मध्य र उच्च ब्यान्ड स्पेक्ट्रमको साथ विस्तार गर्न योजना बनाएका छौं। हामी सी ब्यान्ड लिलामीमा हाम्रो सफलताबाट खुसी छौं, हाम्रा मुख्य बजार विस्कन्सिन र आयोवा जस्ता ठाउँमा ६० मेगाहर्ज जितेका छौं।

थ्रीभेलले प्रशासनले नेटवर्क डिप्लोयमेन्टको लागि थप स्पेक्ट्रम उपलब्ध गराएर सबै अमेरिकीहरूलाई उच्च गुणस्तरीय र सस्तो ब्रोडब्यान्ड सेवाहरूको पहुँच सुनिश्चित गरी डिजिटल डिभिड ब्रिजिंगमा केन्द्रित गर्ने अपेक्षा गरे ।

युएस सेलुलरले अमेरिकाका २१ राज्यहरुमा ५० लाख कनेक्सनहरु उपलब्ध गराएको छ । एजेन्सीका साथ

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Orientation session held in Itahari under “Digital and IT-Enabled Business Incubation Service (BIS) Program 2026”

  • Technology Khabar
  • २८ फाल्गुन २०७७, शुक्रबार