
काठमाडौं ।
गुगल एफआई को भीपीएन आईफोनका ग्राहकहरुका लागि उपलब्ध हुन शुरु भएको कम्पनीले जनाएको छ। पूरा रुप भर्चुअल प्राइभेट नेटवर्क हुने भीपीएन कुनै पनि फोनको इन्टरनेट एउटा इन्क्रिप्टेड च्यानलमार्फत् लैजाने फिचर वा प्रविधि हो।
छुट्टै र इन्क्रिप्टेड च्यानलामार्फत् इन्टरनेटमा डाटा पठाउँदा गोपनीयतका कायम गर्न तथा अन्य व्यक्तिहरुबाट ह्याक हुनबाट सुरक्षित हुन सकिन्छ।
यो फिचर सन् २०१८ देखि एन्ड्रोइडमा उपलब्ध हुँदै आएको छ। हाल आईफोनका लागि उपलब्ध यो फिचर गुगलले यसअघि तय गरेको ‘स्प्रिङ रिलिज’ को मितिभन्दा केही ढिला भएको छ।
गुगलले एउटा फलोअप ट्वीटमार्फत् सबै आईफोन प्रयोगकर्ताले यो फिचर केही ह्पतामा विस्तार भएपछि प्रयोग गर्न पाउने बताएको छ। यो फिचर प्रयोग गर्नका लागि एफआई कम्प्यानियन एपको अत्याधुनिक भर्सन अपडेट हुनुपर्ने ९टू५म्याकले उल्लेख गरेको छ।
त्यसपछि फोन सेटिङ्समा गएर मेन एकाउन्ट ट्याबमा रहेको प्राइभेसी एन्ड सेक्युरिटीमा जानुपर्छ। त्यहाँ ‘प्रोटेक्ट योर अनलाइन एक्टिभिटी’ अप्शन इनेबल गर्नुपर्छ। यो फिचर सबै गुगल एफआई प्लानमा समावेश रहने कम्पनीले बताएको छ।
प्रकाशित: ११ असार २०७८, शुक्रबार