
काठमाडौं ।
पछिल्ला दिनहरुमा क्रिप्टोकरेन्सीको प्रयोग किनमेलमा पनि हुन लागेको छ भने विभिन्न अक्सनमा समेत हुने गरेको छ । यसैबिच एक दुर्लभ नासपाती आकारको हिरा जसको बिक्रीबाट १ करोड ५० लाख डलर प्राप्त हुने अपेक्षा गरिएको छ जून अर्को महिना क्रिप्टोकरेन्सीहरू प्रयोग गरेर लिलामीमा किन्न सकिने भएको छ ।
सो हिरा १०१.३८ क्यारेटको हिरा क्रिप्टोकरेन्सीहरु तिरेर समेत अक्सनमा किन्न सकिने लिलामीकर्ता कम्पनी सोथेबीले सोमबार घोषणा गरेको रोयटर्सले जनाएको छ ।
सोथेबीकाअनुसार यो पहिलो पटक यस्तो आकारको हिरालाई सार्वजनिक खरीदका लागि क्रिप्टोकरेन्सीको साथ प्रस्ताव गरिएको हो। ‘यस्तो उच्च मूल्यको अरू कुनै भौतिक वस्तु क्रिप्टोकरेन्सीको साथ बिक्रीको लागि पहिले उपलब्ध भएको थिएन,’ लिलामी घरले भन्यो ।
१०० क्यारेटभन्दा धेरै तौलका केबल १० हिराहरु मात्र लिलामीमा आएका छन र त्यसमध्ये पनि केबल २ वटा नासपाती आकारको हिरा रहेको बताईएको छ ।
सो हिरा जुलाई ९ मा हङ्गकङ्गमा लिलामी गरिने भएको छ जसको मूल्य करिब १ करोड डलरदेखि १ करोड ५० लाख डलरसम्म हुने अनुमान गरिएको छ । त्यस्तै हिरा किन्न परम्परागत रकम वा क्रिप्टोकरेन्सीहरु बिटक्वाइन तथा ईथर प्रयोग गर्न सकिनेछ ।
प्रकाशित: ८ असार २०७८, मंगलवार