डिजिटल कृषि हाटबजारका रुपमा अर्बन बजार सञ्चालनमा आउँदै

  • Technology Khabar | ७ असार २०७८, सोमबार
डिजिटल कृषि हाटबजारका रुपमा अर्बन बजार सञ्चालनमा आउँदै

काठमाडौं ।

किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार यही असार १२ गतेदेखि सञ्चालनमा आउने भएको छ । पोखराका ४ जना युवा व्यवसायीहरुद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म रु.१ करोड लगानी भइसकेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिए ।

मुख्तया कृषकहरुले उत्पादन गरेका तरकारीजन्य, दुग्धजन्य, फलफूलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने योजना रहेको लामिछानेले बताए ।

डिजिटल युगमा दैनिक उपभोग्य समान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यातालाई कम गर्न डिजिटल हाटबजारका रुपमा अर्बन बजार एउटा भरपर्दो विकल्पको रुपमा प्रवेश गर्न लागेको अर्का सञ्चालक दीपक सिंजालीले बताए ।

‘किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ तथा प्याकिङ गरी मूल्य र उपभोग्य मिति सहितको लेबर टाँसेर बजार पठाउँछौं,’ उनले भने । अर्गानिक तथा नन अर्गानिक गरी तरकारी तथा फलफूलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने उनले बताए ।

कम्पनीमा उपलब्ध हुने कृषि उत्पादनहरु तरकारीदेखि फलफूल, दुधजनय उत्पादन, स्थानीय उत्पादन, (गुन्द्रुक, मस्यौरा, गाभा, अचार, तामा तथा सुकाएका तरकारीहरु, मासुजन्य आदि उत्पादनहरु), कृषि औजारहरु, पशु आहारहरु, बिउ बिजन, बेर्ना लगायतका बस्तु तथा उत्पादन अर्बन बजारको वेवसाइट र्अनबजार डटकम डटएनपी तथा मोबाइल एप डाउनलोड गरी अर्डर गर्न सकिनेछ ।

पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको बताईएको छ । बजारमा उत्पादनसहित कृषि औजारहरू, पशु आहार, बीउबिजन, बेर्नालगायतका वस्तु तथा उत्पादनसमेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सामान डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ७ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...