काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का वरिष्ठ सल्लाहकार, कार्यसमिति सदस्य तथा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको निधनमा संघले समवेदना प्रकट गरेको छ ।
स्व. जलानको आज बिहान करिब ८ बजे कोरोना भाइरस संक्रमणको उपचार हुँदाहुँदै असामयिक निधन भएको थियो । उनको उपचार नेपाल मेडिसिटी अस्पतालमा भईरहेको थियो ।
उनको निधनले संघ परिवारलाई नै मर्माहत बनाएको भन्दै संघले भनेको छ- ‘इन्टरनेट सेवा उद्योग र समग्र देशकै आईसीटी उद्योग समेतका लागि ठूलो क्षति पुग्न गएको यो दुखत घडीमा दिवंगत आत्माको चिर शान्ती र बैकुण्ठ बासको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।’
टेक्नोलोजीखबर परिवारको तर्फबाट समेत स्व. जलान प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
यो पनि हेर्नुस्-
वर्ल्डलिंकका सह संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड-१९ बाट निधन

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार