
काठमाडौं ।
स्मार्टफोनमा हामीले सम्झनाहरुसँग सम्बन्धित धेरै फोटो र भिडियोहरू राख्ने गर्दछौं र हामी तिनीहरूलाई गुगल फोटोजमा स्टोर गर्दछौं जसले गर्दा हाम्रो फोनको स्टोर बचत हुन्छ।
यदि तपाईंले गल्तिले गुगल फोटोजबाट फोटो वा भिडियो डिलिट गर्नुभयो निकै तनाब हुनेछ। तर हामी तपाईंलाई यहाँ बताउँछौं कसरी तपाईंले मेटाईएको फोटो वा भिडियोहरू पुन प्राप्ति गर्न सक्षम हुनुहुनेछ।
गुगलले तपाईलाई गुगल मिडिया फोटोजमा फ्री मिडिया ब्याकअपको लागि निश्चित स्पेस दिन्छर यहाँ राखिएका फोटो वा भिडियोहरू तपाईं वेबस्टोरबाट पनि पहुँच गर्न सक्नुहुनेछ।
हामी तपाईंलाई कसरी तपाईंले झुक्किएर वा गल्तिले डिलिट गर्नुभएको फोटो वा भिडियोहरू सजिलै रिइन्स्टल गर्न सक्नुहुनेछ भनेर जानकारी दिने प्रयास गर्नेछौं।
कसरी रिस्टोर गर्ने
सर्वप्रथम, तपाईंको एन्ड्रोइड स्मार्टफोनको गुगल सेक्सनको गुगल फोटोज खोल्नुहोस्। यसपछि, बाँया तर्फ ह्यामबर्गर आइकनमा ट्याप गर्नुहोस् र ट्रयास चयन गर्नुहोस्।
यस पछि, तपाईंले यहाँ मेटाईएको फोटो र भिडियोहरू देख्नुहुनेछ, तपाईंले रिस्टोर गर्न चाहानुभएको फोटोमा लामो प्रेस गर्नुहोस् र त्यसपछि रिस्टोरको विकल्पमा ट्याप गर्नुहोस्। यसपछि जब तपाईं गुगल फोटोजमा फर्कनुहुनेछ, तपाईं फेरि त्यो फोटो देख्नुहुनेछ।
आईफोनमा मेटाईएको फोटो कसरी पुन स्टोर गर्ने
>>यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने पनि तपाईं आफ्ना गुगल फोटोजका मेटाइएको फोटोहरू पनि पुन स्टोर गर्न सक्नुहुनेछ।
>>तपाईंले गुगल फोटोहरू खोल्नु भएपछि, माथि बायाँपट्टि ह्यामबर्गर आईकनमा ट्याप गर्नुहोस् र बिनलाई चयन गर्नुहोस्।
>>त्यस पछि तपाईले फेरि माथिको बाँया भागमा ३ वटा तेर्सो लाइन भएको आईकनमा ट्याप गर्नुहोस र त्यसपछि सेलेक्टमा ट्याप गर्नुहोस्।
यहाँ तपाईंले फोटोहरूको सूचीबाट तपाईंको मनपर्ने फोटो वा भिडियो रिस्टोर गर्नुहोस्। त्यसपछि तपाईंले त्यो फोटो फेरि लाइब्रेरीमा देख्नुहुनेछ।
वेबमा गुगल फोटोबाट हटाइएको तस्बिर कसरी रिस्टोर गर्ने
तपाईंको ल्यापटप वा पीसीमा जानुहोस् र ब्राउजरमा https://photos.google.com/ लिंकमा गएर गुगल फोटोज खोल्नुहोस्। त्यस पछि तपाईं फेरि बायाँपट्टि ह्यामबर्गर आइकनमा क्लिक गर्नुहोस् र ट्र्यास छनौट गर्नुहोस्। त्यसपछि तपाईँले मेटिएका फोटोहरू यहाँ देख्नुहुनेछ, जून फोटो तपाईले रिस्टोर गर्न चाहनुहुन्छ त्यसलाई चयन गर्नुहोस्, त्यसपछि तपाईले माथि दायाँपट्टि रिस्टोर बटन देख्नुहुनेछ, यसमा क्लिक गरेर तपाई त्यो फोटो लाई फेरी रिस्टोर गर्न सक्नुहुन्छ।
तपाईंले यस तथ्यमा ध्यान दिनुपर्दछ कि मेटिएको फोटो वा भिडियो ६० दिनसम्म मात्र ट्र्यास वा रद्दीटोकरीमा रहन्छ । त्यसपछि यो ट्र्यासबाट पनि डिलिट हुने गर्दछ । त्यसैले तस्बिर एक पटक ट्र्यासबाट मेटिएपछि तपाईंले यसलाई फेरी कहिले पुन प्राप्ति गर्न सक्नुहुनेछैन।
प्रकाशित: १० बैशाख २०७८, शुक्रबार