बैंक तथा वित्तीय संस्थाहरुको काम बारे ग्राहकको गुनासो सुन्न नयाँ पोर्टल सञ्चालनमा

  • Technology Khabar | ९ बैशाख २०७८, बिहीबार
बैंक तथा वित्तीय संस्थाहरुको काम बारे ग्राहकको गुनासो सुन्न नयाँ पोर्टल सञ्चालनमा

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको गतिबिधिहरुको बारेमा गुनासो सुन्नका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकले  बाट इजाजतपत्र र अनुमति प्राप्त गरि वित्तिय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले ग्राहकसँग गर्ने व्यवहारको बारेमा समेत सम्बोधन गरिने गरि नयाँ वेबसाइट गुनासो एनआरबी डट ओआरजी डट एनपी http://gunaso.nrb.org.np सञ्चालनमा ल्याएको हो ।

बैंकले भनेको छ, ‘ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने र गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको छ ।’

सो पोर्टलबाट गुनासो दर्ता गर्ने प्रक्रियाः

१. गुनासो दर्ता गर्ने ।

२. गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ ।

३. गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सक्नेछ ।

४. यहाँ दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइनेछ ।

इजाजतपत्र वा अनुमति लिई कारोवार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पुर्ण वित्तीय मध्यस्थता सेवा तथा यस बैंकको क्षेत्राधिकारमा पर्ने अन्य विषयवस्तु यस कार्यविधिको दायरा भित्र पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्ने केन्द्रिय बैंकको योजना रहेको छ।

प्रकाशित: ९ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार