ताजा समाचार

विद्यालयमा नयाँ प्रविधिबाट पठनपाठन सुरु

विद्यालयमा नयाँ प्रविधिबाट पठनपाठन सुरु
Global IME Bank

पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकामा रहेका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ प्रविधिका माध्यमबाट पठनपाठन सुरु भएको छ ।

सुनवल नगरपालिकाभित्र रहेका माध्यमिक तहका विद्यार्थीका लागि मङ्गलबार देखि नयाँ प्रविधिका माध्यमबाट पठनपाठन सुरुगरिएको सुनवल नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेले बताए । गोतामेका अनुसार पहिलो चरणमा कक्षा १० का विद्यार्थीलाई केन्द्र बनाएर तयार पारिएको डिजिटल शिक्षण सामग्री नेट र प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने छ।

पहिलो चरणमा कक्षा १० का विद्यार्थीको विज्ञान, गणित, अङ्ग्रेजी एवं अर्थशास्त्र विषयलाई उक्त माध्यमबाट पढाउन सुरु गरिएको हो । इनोभेटिभ ग्रुप अफ नेपाल नामक संस्थाले तयार पारेको यो डिजिटल शिक्षण सामग्री र शिक्षण पद्धतिलाई नेपाल सरकारले पनि मान्यता दिएको बताइएको छ ।

नेपाल सरकारको पाठ्यक्रमअनुसार तयार पारिएको डिजिटल शैक्षिक सामग्री विद्यार्थी सामु प्रोजेक्टरका माध्यमले बोर्डमा कम्युटरले नै पढाउने गर्छ । पढाइ भएको शीर्षकमा विद्यार्थीले कति बुझे वा बुझेनन् भन्ने कुराको जाँच गर्नका लागि सोही शीर्षकमा प्रश्नहरू आउने गर्छन् । पढाइएको शीर्षकमा गरिएका प्रश्नको उत्तर विद्यार्थीले कक्षा कोठामा नै दिने नियम छ ।

विद्यार्थीले दिएको उत्तरका आधारमा विद्यार्थीले कुन शीर्षकको कुन कुरा बुझेन भन्ने कुरा पनि कम्प्युटरले नै बताइदिने प्रविधिको विकास गरिएको बताइएको छ । गोरखापत्रबाट

Sajilo Visa
easy care