एप्पल, शाओमीलगायतले सामसङसँग ठूलो परिमाणमा ओइलईडी प्यानल किन्ने

  • Technology Khabar | ५ बैशाख २०७८, आईतवार
एप्पल, शाओमीलगायतले सामसङसँग ठूलो परिमाणमा ओइलईडी प्यानल किन्ने

काठमाडौं ।

गत वर्षको अन्त्यमा थुप्रै कार कम्पनीहरुले चिपमा आएको विश्वव्यापी अभावका कारण उत्पादनमा भारी कटोती तथा बन्द नै गर्नुपरेको थियो। तर यसले अटोमोबाइल कम्पनीलाई मात्र असर पारेन। चिप अभावका कारण पर्सनल कम्प्युटर, स्मार्टफोन तथा गेम कन्सोलहरुको उत्पादन पनि उल्लेख्य घटेको छ।

यसबाहेक ओएलईडी प्यानलको उत्पदनमा पनि धेरै कमी आएपछि विश्वका थुप्रै स्मार्टफोन निर्माताहरुले स्क्रीन आपूर्ति श्रृङ्खलाको अग्रपंक्तिमा रहेको सामसङ डिस्प्ले ओएलईडी प्यानल खरिद गर्न थालेका छन्।

केही दिनअघि आपूर्ति श्रृङ्खलाको स्रोतले शाओमी, एप्पल, ओपो तथा भिभोलगायतका स्मार्टफोन निर्माताले ठूलो मात्रामा ओएलईडी डिस्प्लेका लागि सामसङ डिस्प्लेसँग आगामी वर्ष सम्झैता गर्ने बताएको थियो।

तीमध्ये शाओमीले भने फ्लेक्सिबल ओएलईडी किन्नेछ। उक्त स्रोतका अनुसार स्मार्टफोन कम्पनीहरुले चिप अभावका कारण सकेसम्म चिप लगायतका कच्चा पदार्थ जम्मा गरिसकेपछि नयाँ फोनको डिजाइन गर्नेछन्। त्यसैले यी कम्पनीहरुले आफ्नो नवीनताका आधारमा भन्दा पनि आफूसँग उपलब्ध कच्चा पदार्थका आधारमा स्मार्टफोन उत्पादन गर्नेछन्।

यसबाहेक चिप उत्पादनका लागि आवश्यक वेफर अर्थात् साँचो बनाउने फ्याक्ट्रीको अभावमा क्वालकमको उत्पादन क्षमतामा ह्रास आएको बुझिएको छ। यसका पछाडि सामसङको टेक्ससमा रहेको प्लान्ट बन्द हुनु तथा मुख्य आईसी बिक्रीको प्रभाव मुख्य रहेको आकलन गरिएको छ। हालसम्म क्वालकमका तर्फबाट फाइभजी स्मार्टफोन चिपको आपूर्ति सामान्यरुपमा हुन सकेको छैन।

त्यसैले शाओमी तथा ओपोजस्ता थुप्रै कम्पनी मिडियाटेकतिर लागेका छन्।

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...