
काठमाडौं ।
नेपालमा क्यूआर कोडमार्फत २ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा चैत महिनाको शुरुवात सम्ममा क्यूआर कोडमार्फत भएको कारोबार संख्या ६ लाख ३५ हजार ७३८ रहेको पाइएको छ।
फागुन महिनाको शुरुवात सम्ममा यो कारोबारको संख्या ५ लाख ३५ हजार ७९० रहेको थियो। यसरी हेर्दा फागुन शुरुवातमा भन्दा चैत शुरुवातसम्मा क्यूआर कोडमार्फत् भएको जम्मा कारोबार संख्या ९९ हजार ९४८ ले बढी हो।
कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो।
अघिल्लो महिनामा क्यूआर कोडमार्फत् १ अर्ब ७१ करोड २० लाख रुपैयाँको कारोबार भएकामा चैतको शुरुवातमा आएर यो रकम २ अर्ब ५ करोड ५० लाख रुपैयाँमा झरेको छ।
तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा ३४ करोड ३० लाख रुपैयाँले वृद्धि भएको छ।
प्रकाशित: १ बैशाख २०७८, बुधबार