एनआईसी एशिया बैंकको छुट योजना, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
एनआईसी एशिया बैंकको छुट योजना, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट

काठमाडौं ।

एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ सालमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ।

बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो।

उक्त योजना अन्तरगत बैंकका ग्राहकले सस्तोडिल, ग्यापु र स्टपग्रापबाट वैशाख ३ गतेसम्म विभिन्न सामग्रीहरु खरिद गर्दा २० प्रतिशत वा रु एक हजार ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।

यसैगरी, बैंकले दराज अनलाईनसँगको सहकार्यमा इकमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा एक हजार ५ सय रुपैयाँसम्म छुटको समेत व्यवस्था गरेको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न इकमर्शसँग सम्झौता गर्दै आएको जनाएको छ।

बैंकले पाँच तारे होटल म्यारियट र द्रिश्या लाउन्चमा नयाँ वर्षको दिन कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर तथा ८० वटा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...